‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’ « Khabarhub

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तरराष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे । 

‘खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,’ उनले सन्देशमा भनेका छन् ।

खेलकुद युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने उनले विश्वास व्यक्त गरे । एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा गर्दै उनले सन्देशमा, ‘खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्’, भनेका छन् ।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट सङ्घ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीलाई उनले शुभकामना व्यक्त गरेका छन् ।

नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्‍याउने अपेक्षा गरिएको सन्देशमा उल्लेख छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : २९ बजे

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र