काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक अम्पायर डिसिजन रिभ्यू सिस्टम डीआरएसको प्रयोग भएको छ ।
खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेको सुदूरपश्चिमले अहिले ब्याटिङ गरिरहेको छ ।
खेलको दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले सुदूरपश्चिमका ओपनर सैफ जैबिवरुद्ध एलबीडब्लूको अपिल गरेका थिए ।
तर अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएसको विकल्प प्रयोग गरे । यद्यपि बल ट्र्याकिङमा आउट नदेखिएपछि लुम्बिनीले लिएको डीआरएस खेर गएको छ ।














प्रतिक्रिया