सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो… « Khabarhub

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो । 

सीमा सुरक्षा गुल्म गड्डाचौकीमा ‘केनाइन शाखा’ नै स्थापना गरी गत कात्तिकको पहिलो सातादेखि नै गड्डाचौकीमा लेब्राडोर ‘अल्फा’ नामगरेको फिमेल डग र जर्मन सेफड जातको ‘डेल्टा’ ले काम सुरु गरेयता सुरक्षा सर्तकतामा थप सघाउ पुगेको छ । 

सशस्त्र प्रहरी बल नं. ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले तालिम प्राप्त कुकुरबाट नियमित भइरहेको चेकजाँच प्रभावकारी भएको बताए ।

‘लागुपदार्थ जाँच गर्ने ‘अल्फा’ ले दुई जना अभियुक्तलाई लागूऔषधसहित पक्राउ गरेको छ’, सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भने, ‘भारतबाट लुकाएर नेपाल भित्र्याइरहेको लागूऔषधसहित हामीले दुई जनालाई अल्फाको सहायताले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएका छौँ ।’

जर्मन सेफडले सीमामा हातहतियार र विस्पोटक पदार्थ जाँच गर्ने र लेब्राडोर अल्फाले लागुपदार्थ जाँच गरिरहेको छ । कञ्चनपुरमा पछिल्लो समय लागूऔषधको अवैध कारोबार र ओसारपसारका घटना बढिरहेका बेला सीमामा सशस्त्र प्रहरीले परिचालन गरेको कुकुरसहितको टिम यसको न्यूनीकरणका लागि सहयोगी बन्ने देखिएको छ ।

सशस्त्र प्रहरी बलले गड्डाचौकीमा स्थापना गरेको केनाइन युनिट पाँचौँ शाखा हो । ‘यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिमाथि निगरानी बढाउनुका साथै न्यूनीकरणमा जोड दिनेछ’, सिग्देलले भने, ‘सीमामा कुकुर तालिका अनुसार खटिएका हुन्छन् ।’

यहाँ सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमाण्डमा पाँच जनाको तालिम प्राप्त दक्ष जनशक्ति खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक सिग्देलका अनुसार तीन दिनअघि गड्डाचौकी नाकामा लागुऔषधसहित बेदकोट नगरपालिका–९ सुन्दरपुरका ३१ वर्षीय हरकेश पाललाई ‘अल्फा’ को सहायतामा पक्राउ गरिएको छ । पालको साथबाट लागुऔषध पक्राउ गरी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको थियो ।

त्यसैगरी कात्तिकको पहिलो साता लेब्राडोर अल्फा नाम गरेको फिमेल डगको सहायताले कैलाली घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय विक्रम मिजारले मुखभित्र लुकाइछिपाइ राखेको खैरो हिरोइनसहित पक्राउ गरेको थियो । ‘मुखमा लुकाएर राखेको ०.१६ ग्राम खैरोहिरोइनसहित पक्राउ गरी कारबाहीका लागि प्रहरीमा बुझायौँ ।’

सिग्देलले भने, ‘अल्फा र डेल्टाको नियमित जाँचले अपराध नियन्त्रणमा थप बल पुगेको छ ।’

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : १७ बजे

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स