झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ « Khabarhub

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो ।  कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इटहरी उपमहानगरापलिका–१३ ओम शान्ति भवनस्थित प्रदेश १–०२–००५ ह ६४८० नं को सिटी रिक्सालाई जाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ पर्नेमा चालक हरिनगर गाँउपालिका–७ का १८ वर्षीय अब्दुल खान, सवार १८ वर्षीय मोतिम आलम र को ३६ प ६२४३ नं को मोटरसाइकल चालक हरिनगरा गाउँपालिका–७ का १८ वर्षीय सोजिप खानलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकाबाट  ट्रामाडोल–छ हजार ९८० क्यापसुल, स्पास्मो–सात हजार क्यापसुल र हाइड्रोब्रोमाइन–दुई बोतल प्रतिबन्धित औषधि बरामत गरिएको छ । 

प्रहरीले बराह क्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, ३२ वर्षीय तुलसी खड्का र इटहरी–९ का ३२ वर्षीय मुकेश भुजेललाई तीन ग्राम ३० मिलिग्राम ब्राउन सुगर, प्रहरी चौकी भरोलले बराह क्षेत्र–५ का ४० वर्षीय रामकुमार चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलटार उदयपुरले त्रियुगा नगरपालिका–१० का २६ वर्षीय मनोज मग्राङ्तीलाई स्पास्मो–२८८ क्यापसुल र निट्राजेपाम–३०० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २५ वर्षीय बविस भण्डारीलाई तीन ग्राम एक मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । 

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भई रहेको थापाले जानकारी दिए  ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ५ : ०७ बजे

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ