काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेलहरु डिशहोमका डिटिएच तथा आईपीटिभी ग्राहकहरूले एचडी गुणस्तरमा थप शुल्कबिना प्रत्यक्ष हेर्न पाउने भएका छन् ।
डिशहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोट्र्स, स्टार स्पोट्र्स सेलेक्ट वान र स्टार स्पोट्र्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।
यसका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नुनपर्ने र यस सुविधाले ग्राहकहरूलाई घरमै बसेर नेपाली क्रिकेटको रोमाञ्चकता र प्रतिस्पर्धाको आनन्द लिन सहज बनाउने विश्वास डिशहोमको छ ।
आफ्नो डिसहोम सेवालाइ एक्टिभेट गर्दै एनपीएल सिजन ३ प्रत्यक्ष हेर्ने अनुभव गर्ने अवसर नछुटाउन पनि डिश मिडिया नेटवर्कले आग्रह गरेको छ ।














प्रतिक्रिया