काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा सुदूरपश्चिमले छैठौँ विकेट गुमाएको छ । खेलको ९ ओभर २ बलमा सुदूरपश्चिमका शेर्फेन रदरफोर्ड आउट भए । ४ बल खेलेका उनले १ रन बनाए । उनलाई शेर मल्लले आउट गरेका हुन् ।
प्लेइङ ११
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले टोलीमा चार जना विदेशी खेलाडीहरूलाई समावेश गरेको छ। सुदूरपश्चिमको प्लेइङ ११ मा सेफ जेब, ब्रान्डन म्याकमुलन, शेर्फेन रदरफोर्ड र स्कट कुगेलेइन जस्ता विदेशी खेलाडी रहेका छन्।
त्यस्तै स्वदेशी खेलाडीमा विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहोरा मैदान उत्रिएका छन् । यता लुम्बिनी लायन्सले पनि आफ्ना चार प्रमुख विदेशी खेलाडीसहित बलियो टिम उतारेको छ ।
लुम्बिनीको प्लेइङ ११ मा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलङ्काका विकेटकिपर निरोशन डिकवेला, बङ्गलादेशका शमीम होसेन र दक्षिण अफ्रिकाका शाडले भान साल्कविक रहेका छन् । टोलीमा आसिफ शेख, कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी समावेश छन् ।
हेड टू हेडमा को बलियो ?
एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम र लुम्बिनी तीन पटक भिडेका छन् ।
तीनमध्ये अघिल्लो फाइनलमा जित हासिल गर्नुबाहेक लुम्बिनीले सुदूरपश्चिमसँग दुई खेलमा पराजय व्यहोरेको छ ।
अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो भने त्यसअघिको सिजको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो ।
लगातार पाँच खेलमा लुम्बिनी अपराजित
पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित छ । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो । त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो ।
लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको थियो भने त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पनि ५ विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिम पाँचमध्ये तीन खेलमा विजयी
सुदूरपश्चिम भने पछिल्ला पाँचमध्ये तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । फाइनलमा पराजित हुनुअघिको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिमले ७७ रनको जित हासिल गरेको थियो ।
अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिमले विराटनगरकै सामना गरेको थियो । उक्त खेलमा भने विराटनगरसँग सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो ।
त्यसअघिको चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम ४९ रनले विजयी भएको थियो भने जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो ।














प्रतिक्रिया