सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट « Khabarhub

एनपीएल

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा सुदूरपश्चिमले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको ९ ओभर २ बलमा सुदूरपश्चिमका शेर्फेन रदरफोर्ड आउट भए । ४ बल खेलेका उनले १ रन बनाए । त्यसको दुई बलपछि स्कट कुगेलाइन आउट भए । दुई बल खेलेका उनले रनको खाता खोल्न सकेनन् । दुवै विकेट शेर मल्लले लिएका हुन् ।

प्लेइङ ११

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले टोलीमा चार जना विदेशी खेलाडीहरूलाई समावेश गरेको छ। सुदूरपश्चिमको प्लेइङ ११ मा सेफ जेब, ब्रान्डन म्याकमुलन, शेर्फेन रदरफोर्ड र स्कट कुगेलेइन जस्ता विदेशी खेलाडी रहेका छन्। त्यस्तै स्वदेशी खेलाडीमा विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहोरा मैदान उत्रिएका छन् ।

यता लुम्बिनी लायन्सले पनि आफ्ना चार प्रमुख विदेशी खेलाडीसहित बलियो टिम उतारेको छ । लुम्बिनीको प्लेइङ ११ मा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलङ्काका विकेटकिपर निरोशन डिकवेला, बङ्गलादेशका शमीम होसेन र दक्षिण अफ्रिकाका शाडले भान साल्कविक रहेका छन् । टोलीमा आसिफ शेख, कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी समावेश छन् ।

हेड टू हेडमा को बलियो ?

एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम र लुम्बिनी तीन पटक भिडेका छन् ।

तीनमध्ये अघिल्लो फाइनलमा जित हासिल गर्नुबाहेक लुम्बिनीले सुदूरपश्चिमसँग दुई खेलमा पराजय व्यहोरेको छ ।

अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो भने त्यसअघिको सिजको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो ।

लगातार पाँच खेलमा लुम्बिनी अपराजित

पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित छ । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो । त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको थियो भने त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पनि ५ विकेटले पराजित गरेको थियो ।

सुदूरपश्चिम पाँचमध्ये तीन खेलमा विजयी

सुदूरपश्चिम भने पछिल्ला पाँचमध्ये तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । फाइनलमा पराजित हुनुअघिको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिमले ७७ रनको जित हासिल गरेको थियो ।

अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिमले विराटनगरकै सामना गरेको थियो । उक्त खेलमा भने विराटनगरसँग सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो ।

त्यसअघिको चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम ४९ रनले विजयी भएको थियो भने जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ६ : ०३ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना