फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार « Khabarhub

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ । 

मिक्वाखोला गाउँपालिकाले आगामी  मङ्सिर २ देखि ६ गतेसम्म आयोजना गर्न गइरहेको फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार दिन लागेको हो । 

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेलालाई सफल बनाउने उद्देश्यले आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा अलैँचीलाई प्रवर्द्धन गर्ने नगदको सट्टा अलैँची दिने व्यवस्था गरेको हो ।
 
फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा हुने मेलामा पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता, च्याब्रुङ प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । 

सोमबार सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त विषयमा जानकारी गराइएको हो ।  समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार मेलाको मुख्य आकर्षण पुरुष फुटबल प्रतियोगिता रहनेछ । प्रतियोगितामा घरेलु टोलीसहित पाँचथर, झापा र सुनसरीलगायत जिल्लाका आठ टोली सहभागी हुनेछन् ।
 
फुटबल प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसँगै तीन लाख दुई हजार ८३ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३  बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्षको प्रतियोगितामा पुरस्कार राशि बराबरको अलैँची प्रदान गरिएको थियो ।
 
नगदको सट्टा अलैँचीलाई पुरस्कारका रूपमा प्रदान गर्नुको उद्देश्य स्थानीय उत्पादनको प्रचारप्रसार गर्नुका साथै अलैँचीखेती र यसको बजार प्रवर्द्धनमा सहयोग पुर्याउनु रहेको आयोजकले बताएका छन् । 

अलैँची ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली हो । मेलामार्फत फङ्फङ्देन झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

पर्यटन, खेलकुद, संस्कृति र स्थानीय उत्पादनलाई एकैसाथ जोड्ने यस मेलाले मिक्वाखोला गाउँपालिकाको पर्यटन प्रवर्द्धन, खेलकुदको विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए ।
 
मिक्वाखोला गाउँपालिकासहित विभिन्न सङ्घसंस्थाको सहयोगमा मेला आयोजना हुने भएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ७ : ०३ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल