अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट « Khabarhub

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता लुम्बिनीसमक्ष ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खे‍लमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै जोड्न सक्यो ।

यसअनुसार सुदूरपश्चिमको यो स्कोर अघिल्लो सिजनको फाइनलमा बनाएको भन्दा केबल दुई रन बढी हो । अघिल्लो सिजनको फाइनलमा टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । उक्त खेल लुम्बिनीले ६ विकेटले जितेको थियो ।

जारी खेलमा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, अनिल खरेलले २७ बलमा १५ रन बनाए । ओपनर ब्याटर सैफ जैबले १४ बलमा १३ रन बनाए । यस क्रममा उनले दुई चौका प्रहार गरे । यसबाहेक सुदूरपश्चिमका अरु ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । शाडले भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए ।

प्लेइङ ११

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले टोलीमा चार जना विदेशी खेलाडीहरूलाई समावेश गरेको छ। सुदूरपश्चिमको प्लेइङ ११ मा सेफ जेब, ब्रान्डन म्याकमुलन, शेर्फेन रदरफोर्ड र स्कट कुगेलेइन जस्ता विदेशी खेलाडी रहेका छन्। त्यस्तै स्वदेशी खेलाडीमा विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहोरा मैदान उत्रिएका छन् ।

यता लुम्बिनी लायन्सले पनि आफ्ना चार प्रमुख विदेशी खेलाडीसहित बलियो टिम उतारेको छ । लुम्बिनीको प्लेइङ ११ मा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलङ्काका विकेटकिपर निरोशन डिकवेला, बङ्गलादेशका शमीम होसेन र दक्षिण अफ्रिकाका शाडले भान साल्कविक रहेका छन् । टोलीमा आसिफ शेख, कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी समावेश छन् ।

हेड टू हेडमा को बलियो ?

एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम र लुम्बिनी तीन पटक भिडेका छन् ।

तीनमध्ये अघिल्लो फाइनलमा जित हासिल गर्नुबाहेक लुम्बिनीले सुदूरपश्चिमसँग दुई खेलमा पराजय व्यहोरेको छ ।

अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो भने त्यसअघिको सिजको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो ।

लगातार पाँच खेलमा लुम्बिनी अपराजित

पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित छ । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो । त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको थियो भने त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पनि ५ विकेटले पराजित गरेको थियो ।

सुदूरपश्चिम पाँचमध्ये तीन खेलमा विजयी

सुदूरपश्चिम भने पछिल्ला पाँचमध्ये तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । फाइनलमा पराजित हुनुअघिको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिमले ७७ रनको जित हासिल गरेको थियो ।

अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिमले विराटनगरकै सामना गरेको थियो । उक्त खेलमा भने विराटनगरसँग सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो ।

त्यसअघिको चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम ४९ रनले विजयी भएको थियो भने जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ६ : ३७ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम