स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल « Khabarhub

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वारामा महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीको आज अवलोकन गर्दै महामन्त्री पौडेलले तिहारमा बाहिरबाट फूल आयात गर्नुभन्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोगमा जोड दिनुपर्ने बताए । स्थानीय किसानले उत्पादन गरेका फूलको बिक्री वितरण सहज बनाउन स्थानीय तहले बजारीकरणको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

चाडपर्वका बेला फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमा उत्पादन भएका फूललाई बजारसम्म पुर्‍याउने व्यवस्था आवश्यक रहेको पौडेलले बताए । किसानले उत्पादन गरेको फूल बिक्री नभएमा व्यावसायिक खेतीप्रति निरुत्साहित हुनुपर्ने अवस्था आउने भन्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा सबै पक्षले ध्यान दिनुपर्ने उनले उल्लेख गरे।

म्याग्दे–४ छिम्लीस्वारामा चण्डेश्वरी फलफूल तथा कृषक समूहमा आबद्ध महिलाले सामूहिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन् । समूहका २३ जना महिला आबद्ध भएर गत वर्षदेखि फूलखेती सुरु गरेका हुन् । सामूहिक प्रयासबाट स्थानीयस्तरमै फूल उत्पादन गर्दै आएका महिलाले यसलाई आम्दानीको स्रोत बनाउने लक्ष्य लिएका छन् ।

समूहकी अध्यक्ष जितमाया रानाले खेतीलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक पूर्वाधार र सिँचाइको व्यवस्था गर्नुपर्ने विषयमा महामन्त्री पौडेलको ध्यानाकर्षण गराए । उनले फूलखेती गरिएको स्थानसम्म पुग्ने बाटो स्तरोन्नति गर्नुपर्ने र फलफूल खेतीका लागि पानीको अभाव समाधान गर्नुपर्ने माग राखे ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ९ : ४९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४