वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै « Khabarhub

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गरिन् । पुल चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।

पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सार्न मिल्नेगरी लिफ्ट जडान गरिनेछन् । अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने हालको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुनेछ ।

पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भ¥याङ पनि निर्माण गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुुर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ११ : २० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न

तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

काठमाडौँ– सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन

बाह्र हजार क्विन्टल धान खरिद गरिँदै

झापा– झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया

सवारी दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको