नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित « Khabarhub

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई विधामा अवार्ड जितेको छ । 

बैंकले यस वर्ष एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ  र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो ।

काठमाडौँस्थित मेरियट होटेलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले उक्त विधाका अवार्डहरू ग्रहण गरेका थिए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यस अवार्डले ग्राहकवर्गको सुविधा र सहजतालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप उर्जा प्राप्त भएको बताए । “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उनले भने।

भिसा इन्टरनेशनल कार्र्डप्रदायक कम्पनी हो । नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ  समापन गर्दै आइरहेको छ ।  नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले एक महत्त्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १२ : ०७ बजे

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

काठमाडौँ– नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई विधामा अवार्ड

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ– दुर्गम क्षेत्रमा प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३

विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौँ– स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता,