प्वाल परेको जुत्ता भाइरल भएपछि नन्दन यादवको स्पष्टीकरण- ‘सहजताका लागि आफैँले बनाएको हुँ’ « Khabarhub

प्वाल परेको जुत्ता भाइरल भएपछि नन्दन यादवको स्पष्टीकरण- ‘सहजताका लागि आफैँले बनाएको हुँ’


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका बलर नन्दन यादवले आफ्नो जुत्तालाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चा र टिप्पणीप्रति स्पष्टीकरण दिएका छन्।

खेलका क्रममा यादवले प्वाल परेको जुत्ता लगाएको तस्बिर भाइरल भएपछि कतिपयले नेपाली खेलाडीको आर्थिक अवस्था र खेल सामग्रीको अभावसँग जोडेर टीकाटिप्पणी गरेका थिए।

जवाफमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै यादवले जुत्तामा देखिएको प्वाल खेल्दा सहज होस् भनेर आफूले जानाजानी बनाएको बताएका हुन्।

आफ्नो जुत्ताको अवस्थालाई सामाजिक सञ्जालमा बढाइचढाइ प्रस्तुत गरिएको भन्दै उनले यस्तो विवादलाई अनावश्यक र हास्यास्पद भएको टिप्पणी गरेका छन्।

‘भगवानको कृपाले म आफ्नै क्रिकेट सामग्री किन्न सक्ने गरी कमाउँछु,’ यादवले लेखेका छन्, ‘तस्बिरमा देखाइएको जुत्ता प्रचार गरिएजस्तो अवस्थामा छैन। खेल्दा सहजताका लागि मैले आफैँले बनाएको सानो प्वाल मात्रै हो।’

उनले वास्तविकता नबुझी भ्रामक सूचना नफैलाउन र अनावश्यक विवाद सिर्जना नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। समाचार प्रकाशित गर्नुअघि थोरै मात्र तथ्य जाँच गर्दा पनि ठूलो फरक पर्न सक्ने उनको भनाइ छ।

हिमालयन विलो, माया ग्रुप, स्टडी एक्सप्रेस र जर्सी पसल नेपालजस्ता ब्रान्डसँग आबद्ध रहेको उल्लेख गर्दै यादवले आवश्यक पर्दा ती ब्रान्डबाट सहयोग मिल्ने र आफू पनि खेल सामग्री किन्न पूर्ण रूपमा सक्षम रहेको स्पष्ट पारेका छन्।

आफूप्रति चिन्ता र समर्थन जनाउने सबैलाई धन्यवाद दिँदै उनले अनावश्यक विवादमा अल्झिनुको साटो खेल र क्रिकेटको विकासमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : २४ बजे

पत्रकार राजेन्द्र विष्टको निधन

काठमाडौँ– प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ

बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : कानुनमन्त्री गाैतम तेस्रो नम्बरमा, को कता पुगे ?

ठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम

प्वाल परेको जुत्ता भाइरल भएपछि नन्दन यादवको स्पष्टीकरण- ‘सहजताका लागि आफैँले बनाएको हुँ’

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका बलर नन्दन यादवले आफ्नो जुत्तालाई

सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित

काठमाडौँ- रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग