सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित « Khabarhub

सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि पाँच अर्ब रुपैयाँ बजेट स्रोत सुनिश्चित भएको छ ।

पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, पर्यटन प्रवर्द्धन र पूर्वाधार विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिएको यस आयोजनालाई प्राथमिकताका साथ अघि बढाएको हो ।

रामेछापका सङ्घीय सांसद तथा अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीले आयोजनाका लागि बजेट स्रोत सुनिश्चित हुनु जिल्लावासीका लागि खुसीको विषय भएको बताए।

उनका अनुसार यो आयोजना रामेछापलाई हिमाली पर्यटनको महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न सहयोगी हुनेछ । यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन व्यवसायको विस्तार र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

‘यो आयोजना रामेछापको समृद्धिसँग मात्र नभई नेपालको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार र राष्ट्रिय समृद्धिसँग जोडिएको छ,’ उनले भने ।

सांसद बुढाथोकीले आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आगामी दिनमा रामेछाप हुँदै सगरमाथा आधार शिविरसम्म सडकमार्गबाट सहज यात्रा गर्न सकिने बताए।

हिमाली पर्यटनको विकास र स्थानीय आर्थिक गतिविधि विस्तारका लागि महत्त्वपूर्ण मानिएको यस आयोजनाको निर्माणले रामेछापसहित सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : २२ बजे

बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरः कानुनमन्त्री गाैतम तेस्रो नम्बरमा, को कता पुगे ?

ठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम

प्वाल परेको जुत्ता भाइरल भएपछि नन्दन यादवको स्पष्टीकरण- ‘सहजताका लागि आफैँले बनाएको हुँ’

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका बलर नन्दन यादवले आफ्नो जुत्तालाई

सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित

काठमाडौँ- रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग

थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह

बैङ्कक-  थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो