चीनमा चिप तस्करी रोक्न दक्षिणपूर्वी एसियाका चार देशमा एनभिडियाको सर्भर पठाउन रोक « Khabarhub

चीनमा चिप तस्करी रोक्न दक्षिणपूर्वी एसियाका चार देशमा एनभिडियाको सर्भर पठाउन रोक


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन आफ्ना उत्पादन साझेदारलाई रोक लगाएको छ । 

अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा बनाएपछि कम्पनीले यस्तो निर्देशन दिएको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ ।

अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा एनभिडियाका अत्याधुनिक चिप निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । गत साता वासिङ्टनले चिप तस्करी नियन्त्रण गर्न र दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट कम्प्युटिङ क्षमता भाडामा लिएर प्रतिबन्ध छल्ने चिनियाँ कम्पनीको गतिविधि रोक्न निर्यातसम्बन्धी नियम थप कडा बनाएको थियो ।

एफटीका अनुसार अमेरिकी कम्पनी डेल र सुपरमाइक्रोले डाटा सेन्टरका लागि निर्माण गर्ने कम्प्युटर सर्भरमा एनभिडियाका चिप जडान गर्दै आएका छन् । नयाँ निर्देशनबाट यी कम्पनी पनि प्रभावित भएका छन् ।

सिङ्गापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी एओलानीले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सलाई भाडा सम्झौतामार्फत एनभिडियाका हार्डवेयरमा पहुँच दिने योजना बनाएको थियो । तर, नयाँ निर्देशनपछि उक्त योजनासमेत प्रभावित भएको छ । सर्भर पठाउन लगाइएको रोक अस्थायी हो वा दीर्घकालीन भन्नेबारे भने स्पष्ट नभएको एफटीले उल्लेख गरेको छ ।

अमेरिकाको नयाँ निर्यात नियमले आवश्यक इजाजतपत्रका लागि आवेदन दिन उपलब्ध गराइएको ९० दिनको अवधिमा क्षेत्रीय व्यवसायमा अन्योल सिर्जना गरेको एक क्लाउड सेवा प्रदायकका कार्यकारीले एफटीलाई बताएका छन् ।

यस विषयमा प्रतिक्रिया लिन एएफपीले एनभिडिया, डेल, सुपरमाइक्रो, एओलानी र बाइटडान्सलाई सम्पर्क गरेको जनाएको छ ।

यसैबीच, अमेरिकी निर्यात नियम उल्लङ्घन गर्दै एनभिडियाका चिप चीन पुर्‍याइएको आशङ्कामा सिङ्गापुरको मेगास्पिड कम्पनीका पूर्वकार्यकारी एलिस हुआङमाथि अनुसन्धान भइरहेको छ । केही अमेरिकी अधिकारीले उनीमाथि चीनका लागि जासुसी गरेको आशङ्कासमेत गरेका छन् । तर, एलिस र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङबीच कुनै पारिवारिक सम्बन्ध नरहेको बताइएको छ ।

अमेरिका र चीनका प्रविधि कम्पनीको ठूलो लगानीसँगै दक्षिणपूर्वी एसियामा डाटा सेन्टर निर्माण तीव्र भइरहेको छ । केपीएमजीका अनुसार सन् २०३० सम्ममा यस क्षेत्रको डाटा सेन्टर क्षमता सन् २०२५ को तुलनामा तीन गुणा र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग १० गुणाले बढ्ने अनुमान छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ६ : ३२ बजे

ठगी तथा संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौँ – ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

ललितपुर– आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा विकास आयोजना सञ्चालन गर्नुअघि

चीनमा चिप तस्करी रोक्न दक्षिणपूर्वी एसियाका चार देशमा एनभिडियाको सर्भर पठाउन रोक

एजेन्सी – अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर

मुग्लिन-मलेखु सडक विस्तारको काम सुस्त

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको

कौडाले छुट्याउने प्रेम, अहंकारले थिच्ने महिला : ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं– प्रेममा बाधा आउनु स्वाभाविक हो, तर जब प्रेमको बाटोमा