प्रधानमन्त्री बालेन र सभापति रविबीच पाँच घण्टा वार्ता : के कुरा भयो ? « Khabarhub

प्रधानमन्त्री बालेन र सभापति रविबीच पाँच घण्टा वार्ता : के कुरा भयो ?


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा आज भएको भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, त्यसबाट प्राप्त उपलब्धि, आगामी निर्वाचनको तयारी र सरकारका कामकारबाहीबारे छलफल भएको हो ।

रास्वपाका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यस क्रममा भएका छलफल तथा उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री र मन्त्रालयहरूको कार्यसम्पादनका विषयमा पनि दुई नेताबीच कुराकानी भएको छ ।

भेटमा सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत छलफल भएको रास्वपाले जनाएको छ ।

पार्टीले भेटवार्तालाई आत्मीय र सौहार्द्रपूर्ण भनेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ६ : ५४ बजे

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

काठमाडौँ- स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने

एक्सनमा आयल निगम : भारतबाट एकै दिन १६१ बुलेट लोडिङ

काठमाडौँ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

साना- यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई

चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ