मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ « Khabarhub

मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहेका अर्याललाई प्रहरीले मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले अर्याल पक्राउ परेको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मलेसियामा कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम सङ्कलन तथा कारोबार भएको आरोपमा प्रहरीले यसअघि पनि विभिन्न उच्च पदस्थ सरकारी अधिकारी र अन्य व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

यस प्रकरणमा सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको थियो ।

त्यस्तै, कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि यसअघि नै पक्राउ परिसकेको सीआईबीका प्रवक्ता जबराले बताए । प्रहरीले यस प्रकरणमा संलग्नता र आर्थिक कारोबारका विभिन्न पक्षमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ८ : ३० बजे

पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

कास्की – पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

वासिङ्टन – अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक

मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

काठमाडौं – मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा

फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

काठमाडौँ– काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा काठमाडौँको