१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित « Khabarhub

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित निकालेको छ। आइतबार भारतको गुहाटीस्थित बरसापारा स्टेडियममा अभिषेकले मात्र १४ बलमा अर्धशतक बनाए। उनको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १० ओभर दुई बलमा भेट्टाएको हो।

यो सानदार जितसँगै भारतले पाँच खेलको टी–२० सिरिज दुई खेल बाँकी हुँदै उचालेको छ। सिरिजमा भारत ३–०ले अगाडि छ।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। न्युजिल्यान्डको ब्याटिङ लाइन भारतका बलर जसप्रित बुमराहले ध्वस्त बनाएका थिए। उनले मात्र १७ रन खर्चिएर तीन विकेट हात पारे। उसका लागि हार्दिक पाण्डेया र रवि विश्वईले दुईदुई विकेट लिए।
१५४ रनको लक्ष्य पछ्याएको भारतका लागि कीर्तिमानी अर्धशतकसहित अभिषेक शर्माले ६८ रन बनाए। कप्तान सूर्यकुमार यादवले ५७ रन बनाउँदा इशान किशनले २८ रन थपे। भारतका सञ्जु सामसन भने शून्यमै आउट भएका थिए।

यो खेलमा भारतले केही महत्त्वपूर्ण रेकर्डसमेत बनाएको छ। ३ ओभर १ बलमा ५० रन पूरा गर्दै भारतले नयाँ रेकर्ड बनाएको हो।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ५९ बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको