१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित « Khabarhub

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित निकालेको छ। आइतबार भारतको गुहाटीस्थित बरसापारा स्टेडियममा अभिषेकले मात्र १४ बलमा अर्धशतक बनाए। उनको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १० ओभर दुई बलमा भेट्टाएको हो।

यो सानदार जितसँगै भारतले पाँच खेलको टी–२० सिरिज दुई खेल बाँकी हुँदै उचालेको छ। सिरिजमा भारत ३–०ले अगाडि छ।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। न्युजिल्यान्डको ब्याटिङ लाइन भारतका बलर जसप्रित बुमराहले ध्वस्त बनाएका थिए। उनले मात्र १७ रन खर्चिएर तीन विकेट हात पारे। उसका लागि हार्दिक पाण्डेया र रवि विश्वईले दुईदुई विकेट लिए।
१५४ रनको लक्ष्य पछ्याएको भारतका लागि कीर्तिमानी अर्धशतकसहित अभिषेक शर्माले ६८ रन बनाए। कप्तान सूर्यकुमार यादवले ५७ रन बनाउँदा इशान किशनले २८ रन थपे। भारतका सञ्जु सामसन भने शून्यमै आउट भएका थिए।

यो खेलमा भारतले केही महत्त्वपूर्ण रेकर्डसमेत बनाएको छ। ३ ओभर १ बलमा ५० रन पूरा गर्दै भारतले नयाँ रेकर्ड बनाएको हो।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ५९ बजे

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका