‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’ « Khabarhub

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा सम्लग्न छन् ।

पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०, २३, २६, २८, ३०, ३३ लगायतका वडामा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ । महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको बताउँदै उनले त्यो बढ्दो क्रममा रहेको उल्लेख गरे ।

उनका अनुसार महानगर क्षेत्रमा विशेषतः सेरेना जातका मौरीपालन गर्ने गरिएको छ । ‘बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सकेमा बजारको समस्या छैन’, उनले भने, ‘यस क्षेत्रमा मह उत्पादनको सम्भावना राम्रो भएका कारण आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।’ मौरीपालनबाट अन्य कृषिजन्य उत्पादनमा पनि फाइदा पुग्ने उनले बताए ।

पछिल्ला समयमा मौरीपालन व्यवसायलाई व्यावसायिक बनाउनका लागि समय समयमा विभिन्न किसिमका तालिम पनि प्रदान गर्दै आइएको छ । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा यहाँका किसानलाई आइतबारदेखि ६५ दिने मौरीपालक तह– १ तालिम दिन सुरु गरिएको छ ।

पोखरा महानगरपालिका– २६ लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा तालिमको सुरुआत गरिएको शाखा प्रमुख कडरियाले जानकारी दिए । तालिममा महानगर क्षेत्रका २० अगुवा किसान सहभागी बनेको उनले बताए । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : १६ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित