भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै  « Khabarhub

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् ।

दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारू समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

शुक्लाफाँटा नगरपालिका– २ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आएका छन् । उनले दैनिक नौ लिटर दूध उत्पादन गर्छन् । जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्छन् । प्रतिलिटर ७० रुपैयाँका दरले दूध बेचेर उनले दैनिक चार सय ९० र मासिक १४ हजार सात सय आम्दानी गर्दै आएका छन् ।

‘दूध बिक्रीबाट आएको पैसाले नुन, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,’ चौधरीले भने, ‘बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।’ भैँसीलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उनी आफैँ सम्हाल्छन् ।

यसैगरी नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पालेका छन् । दैनिक छ लिटर दूध डेरीमा पुर्‍याउने राना भन्छन्, ‘भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।’

सोही वडाका तौला रानाले पनि दूध बिक्रीबाटै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेको बताए ।

पहिले दूध बेच्न हिचकिचाउने थारू समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ । आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार अहिले दैनिक दूध ल्याउने थारू समुदायका व्यक्तिको सङ्ख्या बढ्दो छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : २३ बजे

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव

इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को