भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै  « Khabarhub

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् ।

दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारू समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

शुक्लाफाँटा नगरपालिका– २ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आएका छन् । उनले दैनिक नौ लिटर दूध उत्पादन गर्छन् । जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्छन् । प्रतिलिटर ७० रुपैयाँका दरले दूध बेचेर उनले दैनिक चार सय ९० र मासिक १४ हजार सात सय आम्दानी गर्दै आएका छन् ।

‘दूध बिक्रीबाट आएको पैसाले नुन, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,’ चौधरीले भने, ‘बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।’ भैँसीलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उनी आफैँ सम्हाल्छन् ।

यसैगरी नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पालेका छन् । दैनिक छ लिटर दूध डेरीमा पुर्‍याउने राना भन्छन्, ‘भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।’

सोही वडाका तौला रानाले पनि दूध बिक्रीबाटै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेको बताए ।

पहिले दूध बेच्न हिचकिचाउने थारू समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ । आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार अहिले दैनिक दूध ल्याउने थारू समुदायका व्यक्तिको सङ्ख्या बढ्दो छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : २३ बजे

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको