क्यान्सरको बिरामीलाई आर्थिक सहयोग « Khabarhub

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको उपचारका लागि सात लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।

भकिम्लीको ज्यामीरेकी ५७ वर्षीया हरिकला छन्त्यालको उपचारका लागि स्थानीय हिमचुली स्पोर्ट्स क्लबको नेतृत्वमा सात लाख ५८ हजार पाँच सय ९३ सहयोग जुटेको हो ।

स्वदेश तथा विदेशमा रहेकाबाट सङ्कलन भएको उक्त रकम पाठेघर र फोक्सोको क्यान्सरबाट थलिएकी छन्त्याललाई उपचारका लागि उपलब्ध गराएको क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिए ।

बालप्रिय शारदा आधारभूत विद्यालयमा आयोजना भएको कार्यक्रममा वडा सदस्य द्रोपती छन्त्याल, प्रअ जमुना राना र क्लबका अध्यक्ष पुन लगायतले हरिकलाका श्रीमान् हर्कबहादुरलाई नगद हस्तान्तरण गरेका थिए ।

छन्त्यालको चितवनमा रहेको बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएकी छन्त्याल बिरामी परेपछि महँगो उपचार खर्च जुटाउन परिवारलाई समस्या भएपछि बेनी नगरपालिका– ३ को वडा कार्यालयको सिफारिसमा क्लबले अभियान सञ्चालन गरेको थियो ।

यसैगरी हिमचुली स्पोर्ट्स क्लबले बालप्रिय शारदा आधारभूत विद्यालयको शैक्षिक क्रियाकलापका लागि ५० हजार रुपैयाँ पनि सहयोग गरेको छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : ३५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी