क्यान्सरको बिरामीलाई आर्थिक सहयोग « Khabarhub

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको उपचारका लागि सात लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।

भकिम्लीको ज्यामीरेकी ५७ वर्षीया हरिकला छन्त्यालको उपचारका लागि स्थानीय हिमचुली स्पोर्ट्स क्लबको नेतृत्वमा सात लाख ५८ हजार पाँच सय ९३ सहयोग जुटेको हो ।

स्वदेश तथा विदेशमा रहेकाबाट सङ्कलन भएको उक्त रकम पाठेघर र फोक्सोको क्यान्सरबाट थलिएकी छन्त्याललाई उपचारका लागि उपलब्ध गराएको क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिए ।

बालप्रिय शारदा आधारभूत विद्यालयमा आयोजना भएको कार्यक्रममा वडा सदस्य द्रोपती छन्त्याल, प्रअ जमुना राना र क्लबका अध्यक्ष पुन लगायतले हरिकलाका श्रीमान् हर्कबहादुरलाई नगद हस्तान्तरण गरेका थिए ।

छन्त्यालको चितवनमा रहेको बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएकी छन्त्याल बिरामी परेपछि महँगो उपचार खर्च जुटाउन परिवारलाई समस्या भएपछि बेनी नगरपालिका– ३ को वडा कार्यालयको सिफारिसमा क्लबले अभियान सञ्चालन गरेको थियो ।

यसैगरी हिमचुली स्पोर्ट्स क्लबले बालप्रिय शारदा आधारभूत विद्यालयको शैक्षिक क्रियाकलापका लागि ५० हजार रुपैयाँ पनि सहयोग गरेको छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : ३५ बजे

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका