पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि  « Khabarhub

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला’ आयोजना हुने भएको छ ।

गाउँपालिकाको मुख्य आयोजनामा आगामी २०८२ साल माघ १४–२३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा सामाजिक–सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

प्रतियोगिता पौवादुङमा रङ्गशालामा सञ्चालन हुने उनको  भनाइ छ । ‘खेलकुद क्षेत्रसँगै पर्यटनको विकास गर्ने लक्ष्यका साथ विगतका वर्षदेखि पौवादुङमा गोल्डकप र माघी मेला आयोजना गर्दै आएका छौँ,’ अध्यक्ष राईले भने, ‘यस वर्ष पनि सोही उद्देश्यअनुसार कार्यक्रमको तयारी थालिएको छ । माघ १४ देखि २३ गतेसम्म गोल्डकपसँगै माघी मेला सञ्चालन हुनेछ ।’

प्रतियोगितामा देशभरका उत्कृष्ट क्लब तथा खेलाडीको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितासँगै सञ्चालन हुने वृहत माघी मेलामा स्थानीय कला, संस्कृति, परम्परा झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् । गाउँपालिकाले प्रतियोगिता तथा मेलालाई सफल बनाउन खेलप्रेमी, खेलाडी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : ५१ बजे

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका