बसको ठक्करबाट बालिकाको मृत्यु « Khabarhub

बसको ठक्करबाट बालिकाको मृत्यु


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।

नेपाल नमूना मावि केउरेनीको लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ११ : ४३ बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी