राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन « Khabarhub

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्दा उच्च सम्मान र सतर्कता अपनाउन पार्टीका सबै तहका समितिलाई निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले आइतबार प्रदेश, जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गर्दै राष्ट्रिय झण्डाको प्रयोग मर्यादित, सम्मानजनक र कानुनसम्मत हुनुपर्ने स्पष्ट पारेको हो । परिपत्रमा निर्वाचन ऐन र आचारसंहिताअनुसार निश्चित संख्यामा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

परिपत्रमा राष्ट्रिय झण्डालाई व्यक्तिको टाउकोभन्दा माथि राखेर सम्मानपूर्वक फहराउनुपर्ने र झण्डा भुइँमा खसाल्ने, ओढाउने वा अपमानजनक ढंगले प्रयोग गर्ने कार्य नगर्न विशेष जोड दिइएको छ । उम्मेदवार वा प्रचारकले कुनै पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता र सम्मान दुवैको दृष्टिले गलत हुने जनाइएको छ ।

कांग्रेसले राष्ट्रिय शोकका अवसरमा हुने शवयात्रा वा चितामा राष्ट्रिय झण्डा ओढाउने परम्परा बाहेक अन्य अवस्थामा त्यस्तो अभ्यास नगर्न पनि निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय झण्डाको गरिमा जोगाउने दायित्व सबै राजनीतिक दल र नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ ।

परिपत्रमा चुनावी प्रचारका क्रममा राष्ट्रिय प्रतीकहरूको प्रयोग गर्दा संवेदनशीलता र जिम्मेवारी आवश्यक रहेको भन्दै कुनै पनि गतिविधिले राष्ट्रिय सम्मानमा आँच नआउने गरी काम गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १२ : ३९ बजे

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका