महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल « Khabarhub

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 

र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो ।

जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै  विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।

त्यस्तै  विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलले समान एक एक  विकेट लिए ।
     
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रनको योगदान दिइन् भने एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ तथा राहेल स्लेटरले ११ रन बनाए ।

नेपालका लागि मनिषा उपध्यायले सर्वाधिक चार विकेट लिइन् भने रुविना क्षेत्रीले तीन विकेट लिइन् । त्यस्तै  रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक–एक  विकेट लिए ।

यस हारसँगै चार खेल खेलेको नेपालले एकमा जित तथा बाँकी खेलमा पराजय भोग्यो । दुई अंक जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।
 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १२ : ५७ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु