महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल « Khabarhub

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 

र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो ।

जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै  विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।

त्यस्तै  विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलले समान एक एक  विकेट लिए ।
     
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रनको योगदान दिइन् भने एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ तथा राहेल स्लेटरले ११ रन बनाए ।

नेपालका लागि मनिषा उपध्यायले सर्वाधिक चार विकेट लिइन् भने रुविना क्षेत्रीले तीन विकेट लिइन् । त्यस्तै  रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक–एक  विकेट लिए ।

यस हारसँगै चार खेल खेलेको नेपालले एकमा जित तथा बाँकी खेलमा पराजय भोग्यो । दुई अंक जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।
 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १२ : ५७ बजे

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा