सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान  « Khabarhub

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले आजबाट दादुराविरुद्धको खोप अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र विभिन्न साझेदार संस्थासँगको समन्वयमा घर–घरमा खोजपडताल, निगरानी, जनचेतना अभिवृद्धि तथा आपतकालीन दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो । 

स्वास्थ्य सेवा विभागको बाल तथा खोप शाखाका अनुसार आजबाट मलङ्गवा नगरपालिका वडा नं ३ का साथै २, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरी दादुराविरुद्धको खोप दिइनेछ ।

त्यस क्षेत्रमा हालसम्म ७ जनामा दादुरा संक्रमण भएको प्रयोगशालाबाट पुष्टि भइसकेको छ भने २३ जना शंकास्पद बिरामी फेला परेका छन् । यद्यपि हालसम्म दादुराका कारण कसैको मृत्यु भने भएको छैन । 

संक्रमण थप फैलिन नदिन स्वास्थ्य संयन्त्रलाई सतर्क बनाउँदै खोप अभियानलाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : ५८ बजे

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको

भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता

एजेन्सी – भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट