मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध « Khabarhub

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । 

बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । 

‘स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्,’ उनले भने, ‘स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउनु आग्रह गरेको हौँ ।’

उनले स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि–२०८० अनुसार दाबी रुजु तथा मूल्यांकन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाका दाबीमा हुने अस्वीकृत दर घटाउनका लागि सम्बन्धित स्वास्थ्य संस्थाले पुनरावलोकन समिति बनाउन आवश्यक रहेको बताए। 

बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।

बोर्डले तोकिएको मापदण्डअनुसार प्राप्त नभएका स्वास्थ्य बीमा गरे बापतको दाबीको भुक्तानी नगर्ने सूचना अधिकारी मल्लले बताए। 

उनका अनुसार स्वास्थ्य बीमा बोर्डमा एक दिनमा १० करोड बराबरको रुपैयाँ स्वास्थ्य संस्थाहरूले भुक्तानीका लागि दाबी पेस गर्ने गरेका छन् । अहिलेसम्म करिब रु १२ अर्ब स्वास्थ्य बीमाबापत ती स्वास्थ्य संस्थालाई बोर्डले भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ३६ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको