बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता « Khabarhub

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका काम तीव्र रुपमा अघि बढेको छ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निकायसँगको समन्वयलाई प्राथमिकताका साथ तीव्र रुपमा अघि बढाएको हो । 

निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणसहित मर्यादित ढङ्गले सम्पन्न गराउने लक्ष्यका साथ तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट गरेको छ । भौगोलिक संरचनाका आधारमा निर्वाचन क्षेत्र नं २ मा डुडुवा गाउँपालिकाका ६ वटै वडा, नेपालगञ्ज उपमहानगरपालिकाका १ देखि १५ र १७ देखि २३ सम्मका वडाहरू समेटिएका छन् ।
 
निर्वाचन क्षेत्र नं २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र छ जना अन्यसहित कुल एक लाख आठ हजार २९० मतदाता सो क्षेत्रमा रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए।
 
निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोज वाग्लेका अनुसार कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गतका सबै वडा उक्त निर्वाचन क्षेत्रमा समावेश छन् । उनका अनुसार यस क्षेत्रमा कुल एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् । 

यसैगरी क्षेत्र नं १ मा ४८ वटा मतदानस्थलसहित १४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार कुल एक लाख १७ हजार ३५४ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला मतदाता रहेका छन् । बाँकेका २४ वडा समेटिएको सो निर्वाचन क्षेत्रम ४८ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।
 
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । करिब ९० पृष्ठ लामो आचारसंहितामा निर्वाचन प्रचार–प्रसार, नियमन तथा नियन्त्रणसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।
 
आचारसंहिताअनुसार निजी सम्पत्तिको दुरुपयोग, कसैको मान–मर्यादा र चरित्रमा आँच पु¥याउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने व्यवस्था गरिएको जिल्ला निर्वाचनको कार्यालय बाँकेले स्पष्ट गरेको छ ।
 
निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको पूर्वाग्रही व्यवहार नहुने, सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई समान व्यवहार गरिने तथा आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने  प्रतिबद्धता प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : ०९ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको