नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल « Khabarhub

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ अर्थात् माघ १७ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जनाएको हो ।

 चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको खेलले नेपाली यू–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू समेत आयोजना हुने उनले बताए ।

खेलका लागि चिनियाँ टोली जनवरी २९ मा नेपाल आइपुग्ने एन्फाले जानकारी दिएको छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : २४ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले