भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस « Khabarhub

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७औँ गणतन्त्र दिवस मनाइएको छ।

कार्यक्रमको शुभारम्भ कार्यवाहक भारतीय राजदूत डा. राकेश पाण्डेले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै गरे। त्यसपछि ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुति गरिएको थियो।

यस अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्दै कुल ७ करोड २० लाख नेपाली रुपैयाँ बराबरका आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) का चेकहरू हस्तान्तरण गरे ।

कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा हासिल भएका महत्वपूर्ण प्रगतिहरू समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो।

यसका साथै, राजदूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी र शिक्षकहरू तथा नेपाली कलाकारहरूले नृत्य र सांगीतिक प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

काठमाडौँमा आयोजित गणतन्त्र दिवस समारोहमा भारतीय समुदायका सदस्यहरू, नेपालमा रहेका भारतका मित्रहरू, राजदूतावासका अधिकारीहरू तथा उनीहरूका परिवारजनको उल्लेखनीय सहभागिता थियो।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : २० बजे

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका