भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस « Khabarhub

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७औँ गणतन्त्र दिवस मनाइएको छ।

कार्यक्रमको शुभारम्भ कार्यवाहक भारतीय राजदूत डा. राकेश पाण्डेले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै गरे। त्यसपछि ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुति गरिएको थियो।

यस अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्दै कुल ७ करोड २० लाख नेपाली रुपैयाँ बराबरका आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) का चेकहरू हस्तान्तरण गरे ।

कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा हासिल भएका महत्वपूर्ण प्रगतिहरू समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो।

यसका साथै, राजदूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी र शिक्षकहरू तथा नेपाली कलाकारहरूले नृत्य र सांगीतिक प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

काठमाडौँमा आयोजित गणतन्त्र दिवस समारोहमा भारतीय समुदायका सदस्यहरू, नेपालमा रहेका भारतका मित्रहरू, राजदूतावासका अधिकारीहरू तथा उनीहरूका परिवारजनको उल्लेखनीय सहभागिता थियो।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : २० बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको