इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी « Khabarhub

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानून बनाउन पहल सुरु गरेको छ । सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ विरुद्ध बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई विनियमित गर्ने उपायहरू खोज्ने बताएका छन् ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सले आइतबार जारी गरेको विज्ञप्तिमा नयाँ कानूनले बालबालिकाहरूले सामना गरिरहेको डिजिटल असुरक्षा र अनियन्त्रित सामग्रीको जोखिमलाई नियन्त्रण गर्ने र यसले उनीहरूको भविष्यमा नकारात्मक असर पर्न नदिने उल्लेख छ ।

विधायकहरूले सरकार र विशेषज्ञ निकायहरूसँग सल्लाह गरेर ‘इजिप्टका बालबालिकालाई विचार र व्यवहारमा खतरामा पार्ने कुनै पनि डिजिटल जोखिमबाट जोगाउन’ कानूनको मस्यौदा तयार गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिबार आफ्नो सरकार र संसद्लाई बालबालिकाको सामाजिक मिडियाको प्रयोगलाई सीमित गर्ने कानून बनाउन आग्रह गरेका थिए । उनले अस्ट्रेलिया र बेलायत जस्ता अन्य देशमा बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउन गरिएका प्रयासहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

इजिप्टमा १८ वर्षमुनिका करिब ५० प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्ने तथ्य नेशनल सेन्टर फर सोसल एन्ड क्रिमिनोलोजिकल रिसर्चको २०२४ को रिपोर्टमा उल्लेख छ । यी बालबालिकाहरू सम्भावित हानिकारक सामग्री, साइबरबुलिङ र अन्य दुर्व्यवहारको जोखिममा पर्दै आएका छन् ।

गत डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेशमा प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो । यस कदमले प्रविधिको प्रयोग, गोपनीयता, बाल सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी व्यापक बहस सुरु गरेको छ र अन्य देशहरूलाई पनि यस्तै उपायहरू अपनाउने प्रेरणा दिएको छ ।

बेलायत सरकारले पनि बालबालिकालाई हानिकारक सामग्री र अत्यधिक स्क्रिन समयबाट जोगाउन आफ्नो कानूनलाई कडा गर्दै युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट रोक्ने विचार गरिरहेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले १५ वर्षमुनिका बालबालिकाका लागि लागू हुने सामाजिक मिडिया प्रतिबन्ध आगामी स्कुल वर्षको सेप्टेम्बरदेखि लागु हुनसक्ने सुनिश्चित गर्न आफ्नो सरकारलाई कानूनी प्रक्रिया द्रुत गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ८ : २७ बजे

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ