इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी « Khabarhub

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले दमन गरेको विरोध प्रदर्शनमा करिब छ हजारको मृत्यु भएको अमेरिकामा आधारित मानव अधिकार समूहले सोमबार जनाएको छ ।

आर्थिक गुनासोका कारण डिसेम्बरको अन्त्यमा सुरु भएका विरोध प्रदर्शन जनवरी ८ देखि इस्लामिक गणतन्त्र विरुद्ध जनआन्दोलनमा परिणत भएको थियो । अधिकार समूहहरूले इन्टरनेट सटडाउनको आवरणमा प्रदर्शनकारीहरूलाई प्रत्यक्ष गोली हानेर अभूतपूर्व दमन गरिएको आरोप लगाएका छन् । इन्टरनेट सटडाउन १८ दिनसम्म चलेको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्ता कायम धर्मगुरु नेतृत्व विरोधका बाबजुद कायम रहँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेपको विकल्प खुला राख्दै यस क्षेत्रमा ‘विशाल फ्लीट’ पठाइएको उल्लेख गरेका छन् ।

इरानको विदेश मन्त्रालयले कुनै पनि आक्रमणको ‘व्यापक र खेदजनक जवाफ’ दिने चेतावनी दिएको छ । गैरसरकारी संस्थाहरूले इन्टरनेट ब्ल्याकआउटले वास्तविक मृत्यु सङ्ख्या कम देखिने सम्भावना रहेको चेतावनी दिएका छन् । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समूहले सुरक्षा बलका २०९ सदस्यसहित पाँच हजार ८४८ जनाको मृत्यु पुष्टि गरेको छ भने १७ हजार ०९१ सम्भावित मृत्युको अनुसन्धान जारी रहेको जनाएको छ । कम्तीमा ४१ हजार २८३ जनालाई पक्राउ गरिएको छ ।

इरानका अधिकारीहरूले आफ्नो पहिलो आधिकारिक तथ्याङ्कमा तीन हजार ११७ जनाको मृत्यु भएको उल्लेख गरेका थिए, जसमा अधिकांशलाई सुरक्षा बल वा ‘दङ्गाकारीहरू’ द्वारा मारिएका निर्दोष नागरिक बताइएको थियो ।

इन्टरनेट ब्ल्याकआउटले दमनको सीमा अस्पष्ट बनाएको मोनिटर नेटब्लक्सले जनाएको छ । इरान बाहिरको फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलले जनवरी ८–९ मा सुरक्षा फौजले ३६ हजार ५०० भन्दा बढी इरानीको हत्या गरेको रिपोर्ट गरेको छ ।

तेहरानमा अमेरिकी हस्तक्षेपको सम्भावना बढ्दै गएपछि ट्रम्पले विमान वाहक युएसएस अब्राहम लिङ्कनलाई क्षेत्रमा पठाएको अमेरिकी मिडियाले जनाएका छन् । इजरायलले इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निशाना बनाउँदै १२ दिनको हवाई आक्रमणमा वरिष्ठ सुरक्षा अधिकारीहरू मारिएको पनि बताइएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले हस्तक्षेप विरुद्ध चेतावनी दिँदै इरान ‘आफ्नै क्षमतामा विश्वस्त’ रहेको उल्लेख गर्नुभएको छ । तेहरानको केन्द्रीय एङ्गेलाब स्क्वायरमा अमेरिकी विरोधी बिलबोर्ड राखिएको छ, जसमा अमेरिकी विमान वाहक नष्ट भएको देखाइएको छ ।

सर्वोच्च नेता अयातुल्ला अली खामेनीले जनवरी १७ मा सार्वजनिक भाषणमा राजद्रोहीको कमर तोड्ने चेतावनी दिएका छन् । लेबनानमा इरान समर्थित हेजबुल्लाहले अमेरिकी–यहुदी धम्कीको विरोध गर्दै विभिन्न क्षेत्रमा ¥याली आयोजना गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ०२ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको