कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन « Khabarhub

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण संरचना, नेता–कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न परिपत्रमार्फत निर्देशन दिएको छ । पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमार्फत कांग्रेसले निर्वाचनलाई पार्टीको भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा लिएको जनाएको छ ।

परिपत्रमा कांग्रेस विधानअनुसार पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै पार्टीले नयाँ जोश, जाँगर र आत्मविश्वासका साथ निर्वाचनमा होमिनुपर्ने उल्लेख गरिएको छ । परिपत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न सबै तहका संगठन सक्रिय हुन आग्रह गरिएको छ ।

पार्टीले विशेष महाधिवेशनमा सहभागी भएका–नभएका, सहमत वा असहमत सबै कांग्रेसजनलाई लोकतान्त्रिक प्रक्रियालाई सहज बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ । कांग्रेस कुनै व्यक्ति वा सीमित समूहको मात्र नभई आम नागरिकको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै आन्तरिक आलोचना, आत्मसमीक्षा र सुधारमार्फत पार्टी परिवर्तनको बाटोमा अघि बढेको दाबी गरिएको छ ।

साथै, विभिन्न कारणले पार्टीबाट टाढा रहेका, निष्क्रिय भएका तथा देश–विदेशमा रहेका कांग्रेस समर्थकलाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गरिएको छ ।

केन्द्रीय कार्यसमितिको २०८२ माघ ९ गते सम्पन्न बैठकले कांग्रेस सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी पनि परिपत्रमा समावेश छ ।

चुनावी अभियान प्रभावकारी बनाउन ‘केन्द्रीय प्रचार–प्रसार समिति’ गठन भई कार्य प्रारम्भ भइसकेको जनाउँदै पार्टीले सबै तहका निकायलाई अनुशासित, जिम्मेवार र समन्वयात्मक रूपमा परिचालित हुन निर्देशन दिएको छ । “बद्लिँदो कांग्रेस, बद्लिँदो देश, यही संकल्पका साथ नयाँ यात्रा” भन्ने नाराका साथ कांग्रेसले देशभर व्यापक जनमत सिर्जना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ११ : २१ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक