यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी « Khabarhub

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा उठान गरेको नाटक ‘शिल्पिनी’मा गर्दै गर्दा फिल्मको अफर आयो– ‘लालिमा’ ।

उनलाई जीवनमा पहिलो पटक शीर्ष भूमिकाका लागि पहिलो प्रस्ताव आएको थियो । यसको उत्हास उनीमा बेग्लै थियो ।

दशकौंको थिएटर अभ्यासले म्युजिक भिडियोकी मोडल बनेकी रोश्नीलाई लिड नायिकाको प्रस्ताव आएको थियो । प्रस्ताव आएको फिल्मको शीर्ष नै उनको निर्वाह गर्ने चरित्रको नाम हो।

तर, दुई चुनौती उनले सँगै देखिन् । पहिलो– शीर्ष भूमिकाको भार । उनी स्पष्ट पार्छिन्, ‘मलाई कसैले लिड नायिका सोच्नुभयो । मलाई लिड नायिकाको जिम्मेवारी भारी नै लाग्यो । तर, थिएटरको अभ्यासले अभिनयको पक्षमा सफल हुन्छु भन्ने मेरो विश्वास चाहिँ थियो ।’

यो भन्दा जटिल समस्या चरित्र निर्माण थियो । उनले फिल्ममा यौनकर्मीको भूमिका निर्वाह गर्नु थियो ।

न उनले यौनकर्मी देखेकी थिइन् न त भेटेकी थिइन् । त्यसै पनि यौनकर्मीहरू पेसाबारे गोप्य रहन्छन् । गोप्य पेसामा रहेका महिलाको मानसिकता रोश्नीलाई पर्दामा उतार्नु थियो ।

रोश्नीलाई यौनकर्मीको मनोदशा बुझ्ने रिल यौनकर्मी ‘लालिमा’ बन्नुपर्ने थियो । जसले ‘रियल यौनकर्मी’को मनोदशा पर्दामा देखाउन सकोस् ।

उनी भन्छिन्, ‘फिल्ममा हामीले यौनकर्मीको लुक्सभन्दा पनि उनीहरूको मानसिकता केन्द्रीय रुपमा देखाउन थियो । हाम्रो प्रयास पनि त्यही छ ।’

लेखक तथा निर्देशक रोशन मिराजले करिब तीन हजार यौनकर्मीको अनुभवका कथामा फिल्मको स्क्रिप्ट तयार गरेका हुन् ।


निर्देशकले रोश्नीलाई भनेका थिए, ‘यौनकर्मीको भूमिका हलुका रुपमा पर्दामा देखाइयो भने अन्याय हुन्छ । मिहिनेत गर्नू ।’

सोहीकारण पनि उनी यौनकर्मीको मानसिकता बुझ्न उनीहरूलाई नै भेट्ने निर्णयमा पुगिन् । निर्माण टिमले १० जना यौनकर्मी भेटाएपछि ‘लालिमा’को मानसिकता तयार गर्ने उनमा कफिन्डिेन्ट आयो ।

उनी भन्छिन्, ‘म पात्रका निर्माणका लागि यौनकर्मीलाई भेटेको थिए । तर, उनीहरूको मानसिक पीडा शब्दमा व्यक्त गर्न सक्ने खालको छैन । पर्दामा यौनकर्मीलाई हलुकासँग देखाउनु भनेको उनीहरूलाई थप अन्याय गर्नु रहेछ । यही बुझाइले मैले पात्र निर्माण गरेकी छु । मेरो प्रसास पर्याप्त छ कि छैन त्यो दर्शकले जाँच गर्नुहुन्छ ।’

अर्थात्, हेभी मेकअप, आवश्यकभन्दा बढी लिपस्टिक र अस्वभाविक बोलीले जस्तामात्रै विशेषता राखेर पात्र निर्माण गर्दा यौनकर्मीलाई अन्याय हुने उनको बुझाइ छ ।

उनी भन्छिन्, ‘ज्यानलाई ओच्छायान बनाउन बाध्य व्यक्तिहरूलाई चरित्र निर्माणमा हामी गम्भीर चाहिँ हुन आवश्यक रहेछ । यौनकर्मीको पीडा सुन्ने हो भने उनीहरूलाई हलुकारुपमा पर्दामा प्रतिनिधित्व गर्ने आँट आउँदैन ।’

तुलना
कुराकानीका क्रममा खबरहबसँग रोश्नीले आफ्ना संघर्षकालीन आर्थिक पाटोबारे पनि सेयर गरिन् । यौनकर्मीको सेयर गरेको आर्थिक पाटोकाबारे पनि उनले सुनाइन् ।

रोश्नीलाई उनीहरूको जीवनसँग तपाईंको समानता के रहेछ भनेर प्रश्न गर्दा जवाफ दिइन्, आर्थिक अभाव । कमजोर आर्थिक पृष्ठभूमि ।’

तर, असमानता प्रष्टै छ । एकै पृष्ठभूमिकी रोश्नी आज कलाकार बनेकी छन् । उनको गणना देशको गहनाकारुपमा हुन्छ ।

रोश्नीकै जस्तो समस्याबाट गुर्जिएका केही महिला ‘भन्न लाज लाग्ने वा नसक्ने’ पेसामा आबद्ध छन् । अथवा यौनकर्मी बनेका छन् । उनीमाथि अर्को प्रश्न गरियो– भविष्य निर्माणमा उनीहरू कहाँ चुकेका रहेछन् ?

रोश्नीले फ्याट जवाफ दिइन्, ‘मैले चाहिँ शिक्षा पाएको थिएँ होला । आर्थिक संकट भए पनि ढाडस दिने परिवार थियो वा साथ थियो । धेरै यौनकर्मीमा यो थिएन ।’

आफूले भेटेका यौनकर्मीहरू ‘मर्नु भन्दा बौलाउनु ठीक’ भन्ने निर्णयमा पुगेर यस पेसाका लागेको रोश्नीले बुझिन् ।

उनी भन्छिन्, ‘उनीहरु ज्यान बचाउन मात्रै यो पेसामा आएका छन् । ज्यान बचाउने एउटा कठोर निर्णयले उनीहरू यौनकर्मको दलदलमा फसेका छन् ।’


‘लालिमा’ देखाइएको कुरा
रोश्नी भन्छिन्, ‘मैले भेटेका यौनकर्मीहरू आफूहरूलाई मानवको दर्जामा राखियोस् भन्ने चाहन्छन् ।’ यही पक्षले फिल्मको केन्द्रीय विषय यौनकर्मीको मानसिकता, पीडा र मनोदशा देखाइएको उनको दाबी छ ।

दोस्रो कुरा उनीहरूको सुरुक्षाको विषय रहेको उनले खुलाइन् । उनी भन्छिन्, ‘उनीहरू ग्राहकबाटै अन्यायमा छन् । उनीहरू अदालत र प्रहरीसँग पुग्न सक्दैनन् । कारण उनीहरूको पेसा नै गैरकानुनी हो । उजुरी गर्न गए उनीहरू नै कसुरको भागेदार हुन्छन् ।’

रिलमा यौनकर्मीको अनुभव गर्दा रोश्नीको उनीहरू प्रतिको बुझाइ नै परिवर्तन भएको छ । उनी भन्छिन्, ‘फिल्म गर्नुअघि यौनकर्मी शब्द सुन्दा भय सिर्जना हुन्थ्यो । डर लाग्दा मानिसहरूमा गणना गर्थेँ ।’

तर, बाध्यताले यौनकर्मका लागेका व्यक्तिहरूको अनुभव र फिल्ममा यौनकर्मीहरूको प्रतिनिधित्व गर्दाको अध्ययनले अहिले रोश्नीलाई उनीहरु पीडित महिलाहरू लाग्छ । ‘विचरा’का पात्रहरू लाग्छ ।

उनी भन्छिन्, ‘उनीहरू ज्यान बचाउन यौनकर्म लागे । यौनकर्मले पनि उनीहरूलाई हरेक मोडमा जीवन हार्ने बाहान दिएको छ । तर, उनीहरू बाच्ने हठले त्यही पेसामा रहन बाध्य छन् । एउटा गिट्टी उठाउन नसक्नेहरू पहाडले थिच्दा पनि जीवनसँग हारेका छैनन् ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ८ : २८ बजे

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै