म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु « Khabarhub

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु भएको छ ।

एक करोड आठ लाख आठ हजार ९९२ रुपैयाँमा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थालेको हो ।

गाउँपालिकाका सवइञ्जिनियर मोहम्मद करिमुल्लाह मियाँका अनुसार एक करोड ४९ लाख ९१ हजार ४९९ लागत अनुमान गरिएको योजनाको ठेक्का प्रक्रियामा १० वटा कम्पनीले प्रस्ताव गरेका थिए ।

सबैभन्दा कम रकम कबोलेको कम्पनीसँग ठेक्का सम्झौता भएको हो । चालु आर्थिक वर्षभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री दुईतले भवनमा दश वडा कोठा हुनेछन् ।

भवनको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शिलन्यास गरे । उक्त भवन निर्माणका लागि स्थानीयवासीले चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको एक करोडभन्दा बढी मूल्य पर्ने चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा निःशुल्क उपलब्ध गराएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिए ।

अघिल्लो कार्यकालमा गाउँसभाले महभिरमा वडा केन्द्र कायम गर्ने निर्णय गरेको थियो । साविक हिस्तान गाविसको केन्द्र टिकोटमा थियो । सङ्घीयतापछि पहिलो कार्यकालको सुरुदेखिनै हिस्तानको वडा कार्यालय महभिरमा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । (रासस)

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ७ : ५२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत