रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान « Khabarhub

रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा– आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ । 

हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा छिट्टै सम्पन्न हुने जनाइएको छ । यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ । 

निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार अन्तर्क्रियामा जिल्ला निर्वाचन अधिकारी राजन रायले अस्थायी मतदाता नामावली तयार भइसकेको, ३८३ कर्मचारी व्यवस्थापन भई मतदानमा खटिने ती कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान गरी सकिएको जानकारी दिए । 

उनका अनुसार मतपेटिकासमेत ५१ प्रकारका मतदान सामग्री तयारी अवस्थामा रहेका छन् ।
        
मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका २७ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएका छन् भने पाँचैवटा गाउँपालिकामा एक/एक जना अनुगमनकर्तासमेत खटाइ दैनिक प्रगति सङ्कलन भइरहेको छ । 

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै पूर्वतयारी पूरा भइसकेको कार्यालयको भनाइ छ ।
           
निर्वाचन खर्च पारदर्शी बनाउन सबै उम्मेदवारका नाउँमा बैंक खाता खोल्ने काम पनि सम्पन्न भएको छ । 

हाल जिल्लामा ४१ हजार ४७१ मतदाता रहेको र निर्वाचनमा नौवटा दल र तीनवटा स्वतन्त्रसमेत १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको कार्यक्रम सञ्चालक निर्वाचन कार्यालयका नायब सुब्बा महेश आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ११ : ३७ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै