निर्वाचनमा ‘हेल्थ अलर्ट’ : मतदान केन्द्रदेखि अस्पतालसम्म आपत्कालीन स्वास्थ्य तयारी  « Khabarhub

निर्वाचनमा ‘हेल्थ अलर्ट’ : मतदान केन्द्रदेखि अस्पतालसम्म आपत्कालीन स्वास्थ्य तयारी 


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन निर्वाचन आयोगले सुरक्षा व्यवस्थासँगै स्वास्थ्य तयारीलाई पनि विशेष प्राथमिकतामा राखेको छ।

यसपटक निर्वाचनलाई केवल राजनीतिक प्रक्रिया मात्र नभई जनस्वास्थ्य व्यवस्थापनसँग जोडिएको संवेदनशील कार्यक्रम का रूपमा लिइएको देखिएको छ । 

मतदानका दिन लाखौँ नागरिक एकैपटक घरबाहिर निस्कने भएकाले सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न आयोगले देशभर ‘हेल्थ अलर्ट’ लागू गरेको हो ।

निर्वाचन आयोगका अनुसार मतदानस्थलमै प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ भने आकस्मिक बिरामी, बेहोस हुने, रक्तचाप, मुटुसम्बन्धी समस्या वा मानसिक तनावका घटना तत्काल व्यवस्थापन गर्न स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनेछन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत सबै अस्पताललाई चिकित्सक, नर्स, एम्बुलेन्स र अत्यावश्यक औषधि पर्याप्त राख्न निर्देशन दिइएको छ। साथै स्थानीय तहहरूलाई पनि स्वास्थ्य सेवा समन्वयमा सक्रिय भूमिका खेल्न भनिएको छ।

निर्वाचनका क्रममा कर्मचारी, सुरक्षाकर्मी र मतदातामा देखिन सक्ने थकान, भीड व्यवस्थापन र मानसिक दबाबलाई समेत ध्यानमा राख्दै स्वास्थ्य सहायता प्रणाली मजबुत बनाइएको आयोगले जनाएको छ ।

सरकारले मतदानअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरी सकेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १२ : १९ बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने