यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्छु : राजन भट्टराई « Khabarhub

यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्छु : राजन भट्टराई


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । 

बिहीबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बाटाघाटो, ढल, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रको पूर्वाधार यसअघि नै निर्माण भइसकेको भन्दै अव उक्त पूर्वाधारको सुधार गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका हुन् ।

निर्वाचनका सन्दर्भमा पार्टीले घोषणा गरेका राष्ट्रिय तहका केही मुद्दाहरूका साथै स्थानीय मुद्दाहरू प्राथमिकतामा रहेको उनको भनाइ छ । भट्टराईले मुलुकमा केही हुँदैन भन्ने भाष्य र युवाहरूको असन्तुष्टिलाई सम्बोधन हुने गरी युवा स्वरोजगारका कार्यक्रमहरू अघि बढाउने उल्लेख गरे ।

रोजगारी सिर्जना गर्नका लागि लगानीमैत्री वातावरण, स्वदेशी लगानीको वृद्धि, वैदेशिक लगानी भित्र्याउनका लागि पनि नीति निर्माणको तहमा अत्यन्त आकर्षक प्याकेजहरू बनाइने उनले बताए । 

भट्टराईले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्दै सहज रुपमा जनताको काम हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए  । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १२ : ४० बजे

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच