आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु « Khabarhub

आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । 

हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। 

यहाँको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने देखिएकाले व्यावसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको उनले बताए।

‘सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको छ’ उनले भने, ‘पहिलो चरणमा यहाँका किसानले परीक्षणका रुपमा लगाएका छन् ।  यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ ।’

यहाँ उत्पादित तर्बुजा किसान आफैँले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने उनले बताए। भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान, वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।

यहाँ रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्ममा उत्पादन लिन सकिने परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले जानकारी दिए । जिल्लामै पहिलो, नयाँ र नमूनाखेती भएकाले यहाँका किसान यसखेती प्रविधि बुझेर व्यावसायिक उत्पादनमा लाग्न सक्ने उनले बताए। 

लक्ष्मी र सरस्वती दुई जातका तर्बुजा नमुना परियोजनाका रुपमा रोपिएका छन् । नगरपालिकाले तर्बुजाका साथै सिम्ला मिर्च, अकबरे खुर्सानीसहित बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छ ।
 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : १२ बजे

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’