लिङ्देन भन्छन् : यो चुनावमा नेपाल र नेपाली प्रथम हुने कुरालाई ध्यान दिनुस् « Khabarhub

लिङ्देन भन्छन् : यो चुनावमा नेपाल र नेपाली प्रथम हुने कुरालाई ध्यान दिनुस्


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गरेका छन् । 

बिहीबार काठमाडौं क्षेत्र नंवर २ थलीमा आयोजित पार्टीको चुनावी अभियानलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले अहिले एकथान सांसद चुन्ने र सरकार निर्माण गर्ने चुनाव मात्रै नभई देशलाई जोगाउँदै अघि बढ्नुपर्ने भएकाले नेपाल र नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातालाई आग्रह गरेका हुन् । 

उनले पटक पटक असफल भएका र कुनै दृष्टिकोण स्पष्ट नभएकालाई मत दिएर गल्ती गर्ने की देशमा शान्ति, स्थिरता र विकासका लागि लाग्नेहरूलाई मत दिने भन्ने बुझ्न समेत आग्रह गरे । 

अहिले देशमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि जनताले खोजिरहेको बिकल्प राप्रपा मात्रै भएको उनले बताए । उनले नयाँ पुराना सबै शक्तिहरूलाई मिलाएर देशलाई केन्द्रमा राखेर मुलुकलाई अघि बढाइने जिकिर गरे । 

आगामी संसदमा एउटा बलियो शक्तिको रूपमा राप्रपाको उपस्थिति जरुरी रहेकाले देश बनाउने र बचाउने अभियानमा साथ दिन उनले आह्वान समेत गरे ।

त्यस्तै काठमाडौं–२ की राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेलले युवाहरूको बलिदानपछि मुलुकमा चुनाव हुन लागेको भन्दै युवाहरूको भविष्य निर्माणका लागि आफूहरू चुनावी मैदानमा उत्रिएको बताइन् ।

 
काठमाडौं–२ मा राप्रपाकी पोख्रेलका साथै नेकपा एमालेबाट मणिराम फुयाल, कांग्रेसबाट कविर शर्मा, नेकपाबाट नितेश पौडेल, रास्वपाबाट सुनिल केसी लगायत चुनावी प्रतिष्पर्धामा छन् । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : ५२ बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने