निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षामा चुनौती देखिएको छैन : आयोग « Khabarhub

निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षामा चुनौती देखिएको छैन : आयोग


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।  

बिहीबार काठमाडौंमा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिसँग छलफल गर्दै आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनको व्यवस्थासम्बन्धी कार्य पुरा भएको र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए । उनले निष्पक्ष निर्वाचन गराउन जिल्ला जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन र मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी गराए ।

निर्वाचनको सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था गरेको र कुनै सुरक्षा चुनौती नदेखिएको उनले बताए ।

त्यस्तै सचिव राउतले पारदर्शी निर्वाचन खर्च सुनिश्चित गर्न र वित्तीय अनुशासन कायम राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन खाता खोल्ने अनिवार्य प्रावधान गरेको समेत जानकारी गराएका छन् ।

उनले निर्वाचन सफलतापूर्वक र समयमै सम्पन्न गर्न छिमेकी र मित्र राष्ट्रहरूबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे । 

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको र निर्वाचन तयारी अन्तिम चरणमा पुगेको बताएका थिए । छलफलका क्रममा कूटनीतिक नियोगका प्रतिनिधिहरूले निर्वाचन केन्द्रित जिज्ञासा राखेका थिए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : १४ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ