एनसेल ‘सिग्नेचर प्लान’ अब झन् विशेष, दामी एक्सपिरियन्ससँगको सहकार्यमा ५० प्रतिशतसम्म छुट « Khabarhub

एनसेल ‘सिग्नेचर प्लान’ अब झन् विशेष, दामी एक्सपिरियन्ससँगको सहकार्यमा ५० प्रतिशतसम्म छुट


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । मंगलबार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो ।
 
सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए ।
 
यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 
 
यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकहरू लक्षित सिग्नेचर प्लानहरूलाई अझ बढी विशेष बनाएको छ। प्रिमियम अनुभूति अनि जीवनशैलीसँग जोडिने सुविधाहरूसहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्व स्तरीय सञ्चार सुविधाका साथ सफलताहरु प्राप्त गर्न सहयोग गर्छ।’
 
कम्पनीका अनुसार दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूलाई विशेष छुटहरू प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्छ जसले उनीहरूलाई कम खर्चमा बढी लाभ प्राप्त गर्न मद्दत गर्छ । यस साझेदारीअन्तर्गत प्रयोगकर्ताहरूले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यस्तै दुसित प्रिन्सेस होटलमा २० प्रतिशत अनि विभिन्न व्यायामशालाहरूमा ४० प्रतिशतसम्म सम्म छुट लगायतका धेरै रोमाञ्चक अफरहरू एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताहरूले प्राप्त गर्न सक्नेछन्।
 
कुनै झन्झटबिना, एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरहरूको फाइदा लिन सक्नेछन् । 
 
‘प्रिमियम ब्रान्डहरूमा विशेष छुट प्राप्त गर्न सकिने यी विशेष अफरहरूलाई एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरू समक्ष पुर्‍याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ। म विश्वस्त छु कि यी अनुभवहरूले हाम्रा ग्राहकहरूको व्यावसायिक जीवनशैलीलाई थप परिष्कृत बनाउन मद्दत गर्नेछ,’ दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले भने ।
 

व्यक्तिगत आवश्यकताका आधारमा ग्राहकहरूले प्रोफेसनल एनसेल सिग्नेचर प्लान वार्षिक १७,९९९ रुपैयाँ मा वा प्रिमियम एनसेल सिग्नेचर प्लान वार्षिक २१,९९९ रुपैयाँमा प्राप्त गर्न सक्छन् । छनोट गरिएको योजना अनुसार प्रयोगकर्ताहरूले भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब एमिरेट्स जस्ता प्रमुख गन्तव्यहरूमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा प्राप्त गर्छन्। 
 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ४२ बजे

रश्मिका–विजय लामो प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं– दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

‍‍बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम

उत्तर–पूर्वी नाइजेरियामा जिहादी आक्रमण : २५ जनाको मृत्यु

एजेन्सी– उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी

प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल

महेन्द्रनगर– प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न

किमको दोहोरो सन्देश : धम्की र संवाद

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा