‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी « Khabarhub

‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कर्फ्यू लागिसकेको छ, अब थप अनुमति लिइरहनु पर्दैन । आवश्यक बल प्रयोग गर्नू ।’ भदौ २३ गते दउँसो १२ बजेर ४० मिनेटमा रेडियो सेटमार्फत दिएको यही ‘कोड’ आदेशपछि जेनजी प्रदर्शनकारीमाथि गोली चलेको बीबीसीले खुलासा गरेको छ । बीबीसीले प्राप्त गरेको गोप्य प्रहरी रेडियो संवादमा ‘पिटर–१’ कोड भएका अधिकारीले यस्तो आदेश दिएका थिए ।

प्रहरी स्रोतको हवाला दिँदै बीबीसीले जनाएअनुसार यस्तो कोड भएका ती प्रहरी अधिकारी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ थिए । खापुङले यस्तो आदेश दिएपछि रक्तपात मच्चिन शुरु भएको हालै सार्वजनिक डकुमेन्ट्रीमा दाबी गरिएको छ ।

खापुङको आदेशलगत्तै प्रहरीले चलाएको गोलीबाट विद्यालयको पोसाकमै रहेका किशोरसहित १९ जना युवाको मृत्यु भएको बीबीसीको दाबी छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा भेला भएका करिब ३० हजार युवाहरू सुरुमा शान्तिपूर्ण थिए ।

तर, बीबीसीका अनुसार दिउँसो प्रदर्शनकारीले संसद् भवनको बाहिरी घेरा तोड्न खोजेपछि सुरक्षा कमाण्ड रुममा त्रास फैलियो । ‘नन लेथल’ अर्थात कम घातक रुपमा बल प्रयोग गर्ने विकल्प बाँकी रहँदै आईजीपी खापुङले सीधै गोली चलाउने विकल्प दिएर ‘बल प्रयोग’ को आदेश दिएको बीबीसी डकुमेन्ट्रीमा दाबी गरिएको छ ।

बीबीसी विश्व सेवाले बिहीबार सार्वजनिक गरेको ४१ मिनेट लामो ‘शट लाइक इनमिज : इनसाइड नेपाल्स जेन-जी अपराइजिङ’ नामक डकुमेन्ट्रीमा यस्तो दाबी गरिएको छ ।

प्रहरीको उक्त आदेशपछि २३ भदौ दिउँसो १ बजेर १५ मिनेटदेखि २ बजेर १५ मिनेटको बीचमा सबैभन्दा बढी क्षति भयो । जो हरियो स्कुल पोसाकमा प्रदर्शनमा सहभागी १७ वर्षीय श्रीयम चौलागाईं पछाडि हट्दै ताली बजाइरहेको अवस्थामा टाउकोमा गोली लागेर ढलेका थिए ।

बीबीसीको फरेन्सिक विश्लेषणका अनुसार मारिएका धेरैजसो युवाहरू प्रहरीतर्फ फर्किएका थिएनन्, उनीहरू पछाडि हट्दै गर्दा वा निशस्त्र उभिरहेकै अवस्थामा निशाना बनाइएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ४५ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर