निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती « Khabarhub

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन ।
 
रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउँछिन्। उनले भनिन्, ‘अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेद्वार आउनु भएको छैन ।’ 

अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउँथे । तर यसपटक कोही नआएको उनले बताइन् । यसपटकको निर्वाचनमा यहाँका स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने सम्म थाहा छैन । मतदान नजिकिए पनि यहाँ मतदाता शिक्षा स्वयंसेवक आइनपुगेको उनले गुनासो गरिन्। 

ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्दैनन्। उनलाई मतदान गर्ने रुचि समेत देखिन्न । 

उनले भनिन्, ‘मलाई मतदान गर्ने इच्छानै छैन केको निर्वाचन लाग्नु ।’ आफूले ‘प्लस टू’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आएका उनी रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको बताउँछन्। 
 
कक्षा १२ सकेर घरमै सीप सिक्दै आएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरूले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गरिन्। उनले भनिन्, ‘हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन ।’
 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ५५ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज