निर्वाचन देश बनाउने संकल्पको जनमत हो : नेता पोखरेल « Khabarhub

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : नेता पोखरेल


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने संकल्पको जनमतका रुपमा लिएको बताएका छन् ।

सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरू देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट पारे। 

उनले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए।

नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौँ–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ७ : २० बजे

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ। 

रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा

देउवा समूहको भेलामा ब्यानरमा देउवा र शशांकको फोटो

काठमाडौं– नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति

देउवाको भेलामा शेखर र शशांक, सुजाताले साथ दिइन् गगनलाई

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय

इतर समूहको राष्ट्रिय भेलामा देउवा पुगे, गगनलाई सभापति नमान्ने अडान कायमै

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा