‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’मा वियज, केकी र अञ्जु पन्त उत्कृष्ट « Khabarhub

‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’मा वियज, केकी र अञ्जु पन्त उत्कृष्ट


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा नायक विजय बराल र नायिका केकी अधिकारी उत्कृष्ट घोषित भएका छन् ।

विययले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । फिल्म ‘बोक्सीको घर’बाट केकीले उत्कृष्ट नायिकाको अवार्ड पाएकी हुन् ।

त्यस्तै, गायिका अञ्जु पन्तले गीत ‘थाहै थिएन दिल’बाट उत्कृष्ट गायिकाको अवार्ड जितिन् ।

लक्ष्मण सुबेदी निर्देशित ‘सतीदेवी’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । फिल्म ‘अञ्जिला’बाट मिलन चाम्स उत्कृष्ट निर्देशक घोषित भए ।

फागुन १३ गते चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा अवार्ड वितरण गरिएको थियो ।

यस अवार्ड कार्यक्रमको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठान नेपाल हो । चलचित्र विकास बोर्डले सहकार्य कार्यक्रम सम्पन्न भएको हो ।

यी विधामा दिइएको थियो अवार्ड :

१. उत्कृष्ट फिल्म : सतीदेवी
२. उत्कृष्ट निर्देशक : मिलन चाम्स (अञ्जिला)
३. उत्कृष्ट अभिनेता : विजय वराल (पूर्ण बहादुरको सारंगी)
४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (बोक्सीको घर)
५. उत्कृष्ट सह-अभिनेत्री :सृजना अधिकारी (सतीदेवी)
६. उत्कृष्ट छायाँकार : पुरुसोत्तम प्रधान (पिताम्बर)
७. उत्कृष्ट सम्पादक : सन्देश शाह (ज्वाईं साब)
८. उत्कृष्ट संगीतकार :आशिष अविरल (रैयाँ चाँदीको)
९. उत्कृष्ट सह अभिनेता : कामेश्वर चौरसिया (फेरि रेशम फिलिली)
१०. उत्कृष्ट पटकथा संवाद : लक्ष्मण सुवेदी (सतीदेवी)
११. उत्कृष्ट रंग संयोजन : राजेन्द्र मोक्तान (अञ्जिला)
१२. उत्कृष्ट इन्करेज्मेन्ट अवार्ड बाल कलाकार – मंजिला बानियाँ र हर्षिका ओली (सतीदेवी)

संगीततर्फ
१. उत्कृष्ट गायक आधुनिक : रुद्र शेखर शर्मा (के छ सान्नानी)
जुरी अवार्ड – शशी विक्रम थापा (तिम्रै कारण)
२.उत्कृष्ट गायिका आधुनिक : अन्जु पन्त (थाहै थिएन दिल)
३.उत्कृष्ट संगीतकार: मनोज चौलागाईं
४. उत्कृष्ट गीतकार आधुनिक : प्रतिमा गुरुङ (न जिउन सकेँ न मर्न सकेँ)
जुरी अवार्ड : सरिता सापकोटा (बेखबर)
५. उत्कृष्ट मोडल आधुनिक (मेल) : माधव केसी (अजम्बरी माया)
जुरी अवार्ड : आर्यन राउत (पिर पर्‍या छ)
पब्लिक च्वाइस अवार्ड : इश्वर बल्लभ उप्रेती (आदत बन्यौ)
६. उत्कृष्ट मोडल आधुनिक (फिमेल) : नेहा गौतम (तिम्रो झझल्को)
७. उत्कृष्ट मेकअप आर्टिस्ट : प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
८. उत्कृष्ट म्युजिक भिडियो निर्देशक : राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
जुरी अवार्ड : विनयराज पौडेल (हेर्दा हेर्दै)
९.उत्कृष्ट छायाँकार म्युजिक भिडियो : मदन काश्यप घिमिरे (अजम्बरी माया)
१०. उत्कृष्ट गीतकार पप : अनुप महर्जन (अँध्यारो रातमा)
११. उत्कृष्ट गायन लोक: चन्द्र लामा (मुटुमा बसेकी माया)
१२. उत्कृष्ट छायाँकार पप भिडियो : मिलन थापा ‘शान्त’ (अँध्यारो रातमा)
१३. उत्कृष्ट मोडल भोजपुरी : सद्दाम हुसेन (कमर धके)
१४. उत्कृष्ट गीतकार गजल : तुलाराम लामिछाने (समय खराव छ)
१५. उत्कृष्ट कोरियोग्राफर म्युजिक भिडियो : सुरेश पाण्डे (जवानीले पोल्यो)
१६. सर्वोत्कृष्ट गायक (लोक पप ) : दिनेश भारती (चन्द्रकुमारी)
१७. भाषाभाषी चलचित्र तलासबाट उत्कृस्ट अभिनेता : राजकुमार लिङ्ग्देन
१८. उत्कृस्ट मोडल भाषा भाषी गीत : विपना आङ्ग्वुहाङ्ग (सुंगुरको मासुमा)
१९.उत्कृस्ट निर्देशक भाषाभाषी चलचित्र : दिनेश लिङ्ग्देन (दुस्प्रयास)

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ८ : ५३ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय