झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण « Khabarhub

झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार अर्जुन आचार्यमाथि झापामा आक्रमण भएको छ । आचार्यले खबर हबलाई दिएको जानकारी अनुसार एमाले कार्यकर्ताले उनीमाथि आक्रमण गरेका हुन् ।

नेशनल भोलेन्टियर्स फोर्सको टोपी लगाएका कार्यकर्ताले आक्रमण गरेको पत्रकार आचार्यले जानकारी दिए। आक्रमणका क्रममा पत्रकार आचार्यको आँखामा चोट लागेको छ। उनी रातोपाटी अनलाइनमा कार्यरत छन् ।

झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको ‘भोलेन्टियर फोर्स’ का सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् । बा २५६१ नम्बरको स्कर्पियोमा चढेर आएका फोर्सका सदस्यहरूले आचार्यमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो र सचिवालयको टोलीलाई पछ्याउने क्रममा उक्त घटना घटेको हो।

घरदैलो कार्यक्रम भइरहँदा स्थानीय महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ देखाएर साङ्केतिक विरोध जनाएका थिए। त्यसपछि आक्रोशित बनेका एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द प्रहार गर्दै दुर्व्यवहार गर्न थालेपछि पत्रकार आचार्यले सो दृश्यको फोटो र भिडियो खिच्न खोजेका थिए । दृश्य कैद गर्न खोज्दा आचार्यमाथि समूहबद्ध रूपमा आक्रमण भएको हो ।

आक्रमणकारीहरूले आचार्यको मोबाइल खोसेर लगेका छन् भने उनको चस्मा समेत फुटाइदिएका छन् । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । घटनास्थलमा रहेका अन्य पत्रकारहरूले उनलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेको आचार्यले जानकारी दिएका छन।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत जानकारी भएकाले अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ८ : ४९ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज