बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद « Khabarhub

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा सवारीसाधनसहित रु १० लाख ६८ हजार ५० बराबरको मालसामान बरामद गरेको छ ।

झापा प्रहरीले आज बिहान बिर्तामोड नगरपालिका–८ गरामनीस्थित मदनपुर–विर्तामोड सडकखण्डमा जाँचका क्रममा भन्सार छलीका सामग्रीसहित सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुरबाट विर्तामोडतर्फ जाँदै गरेको डब्लु बी ७४ डब्लु १२९६ नम्बरको सुजुकी मारुती भ्यानलाई प्रहरी टोलीले जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न मालसामान फेला परेका हुन् । उनका अनुसार उक्त सवारीसाधनमा अटो पार्टस्, हार्डवेयर सामग्री, इलेक्ट्रोनिक सामान तथा विभिन्न उपभोग्य वस्तु लोड गरी ल्याइएको अवस्थामा भेटिएको छ ।

बरामद गरिएका सामग्रीमध्ये हाइड्रोलिक जग सेट, डोर मेसिन, एक्सल मल्टिलक, पाइडल प्लेट, डिजेल पाइप, एलइडी लाइट, फ्लोर्न ग्यास, साइलेन्सर बुस, फ्युल गेजलगायत ५२ प्रकारका सामान रहेका छन् । बरामद गरिएको सवारीसाधन र मालसामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ९ : ५४ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको