शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट « Khabarhub

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।

दर्शनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए।

‘हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं,’ उनले भने।

उनले आगामी दिनमा संसद्मार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे।

‘यही संसद्बाट हिन्दू राष्ट्र स्थापना गर्ने हाम्रो अठोट छ,’शाहीले भने।

राप्रपाले लामो समयदेखि नेपाललाई फेरि हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। त्यही एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद् प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।

सांसदको शपथअघि गरिएको उक्त धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धतासँग जोडेर हेरेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १२ : ०९ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन